कविता प्रतियोगितामा अङ्कुरम्का सोहम पहिलो

भरतपुर, ९ मंसिर ।
सनराइज स्कुलको ३५औँ वार्षिकोत्सवका अवसरमा १८औँ जिल्लाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता गरिएको छ ।

प्रतियोगितामा अङ्कुरम् एकेडेमी कृष्णपुरका सोहम अधिकारीले प्रथम स्थान हासिल गरेका छन् । अधिकारीले `माटोको माया´ शीर्षकको कवितालाई प्रतियोगितामा वाचन गरेका थिए । त्यसैगरी पोलर स्टार स्कुल गौरीगञ्जका आँचल देवकोटा द्वितीय, स्काइराइडर स्कुल रत्ननगरका यश्मन पोखरेल तृतीय तथा सान्त्वना पुरस्कार स्मल हेभन मोडल स्कुल आँपटारीका अभिनव अधिकारी र लक्ष्मी मावि लंकूका कुसुम सापकोटाले प्राप्त गरेका छन् ।

प्रतियोगितामा १७ वटा विद्यालयका ३१ जना विद्यार्थी प्रतियोगीको रूपमा सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि धनराज गिरिले विद्यालयमा गरिने यी खाले प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक विकास हुने बताए । प्रतियोगिताको निर्णायकमा प्राध्यापक कपिल अज्ञात, रमेश प्रभात र रामजी भट्टराई रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट