फिफा विश्वकप : इरानसँग वेल्स पराजित

दोहा, ९ मंसिर ।

फिफा विश्वकपको शुक्रबार खेलिएको पहिलो खेलमा इरानले वेल्समाथि रोमाञ्चक जित हात पारेको छ । दश खेलाडीमा सीमित बनेको वेल्स अन्तिम समयमा सम्हालिन नसक्दा इरानले २(० गोल अन्तरमा खेल आफ्नो पक्षमा पारेको हो । गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० जनामा सीमित भएको थियो ।

इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११औं मिनेटमा रमिन रेजाइनले एक-एक गोल गरे ।

पहिलो हाफमा गोलका लागि दुवै टिमले अवसरको सिर्जना गरेका थिए । तर, फिनिसिङको अभावमा दुवै टिम गोल गर्न चुके । इरानका घोलिजादेहले १६औं मिनेटमा गरेको गोल भीएआरले रद्द गरिदिएको थियो । वेल्सका कप्तान ग्यारेथ बेलले ३०औं मिनेटमा भलीमार्फत् गरेको प्रहार सोझै इरानी गोलकिपरको हातमा परेको थियो ।

वेल्सका ह्यारी विल्सनले ५४औं मिनेटमा प्रहार गरेको फ्रि(किक इरानी गोलकिपर होसेइनी होसेनले समातेका थिए । जीत पछि इरानले ३ अंक प्राप्त गरेको छ । दुई खेल खेलेको ऊ यसअघि इंग्ल्याण्डको हातबाट हार्न पुगेको थियो । समूह बी मा इंग्ल्याण्ड पहिलो र इरान दोस्रो स्थानमा छन् ।
समूह बी मा रहेका वेल्स र इरानले आफ्नो समूहको अन्तिम खेल क्रमशः इंग्ल्याण्ड र अमेरिकासँग खेल बाँकी छ । यसअघि सन् १९५८ मा एक पटक मात्र विश्वकप खेलेको वेल्स सनसनी मच्चाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

हेन्नेसीलाई जारी विश्वकपको पहिलो रेड कार्ड

फिफा २०२२ विश्वकपको पहिलो रातो कार्ड वेल्सका गोलकिपर वाइन हेन्नेसीले पाएका छन् । इरानविरुद्धको खेलको ८५औं मिनेट उनले रातो कार्ड पाएका हुन् ।

इरानी फरवार्ड अलिरेजा याहानबाकासलाई गरेको खराब फाउलका कारण ग्वान्टेमालाका रेफ्री मारियो इस्कोबारले रातो कार्ड दिए । इस्कोबारले सुरुमा पहेँलो कार्ड देखाए पनि भिडियो रिभ्यू हेरेपछि रातो कार्ड दिएका थिए ।

चार वर्षअघि रुसमा भएको विश्वकपको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका थिए । उनले समूह एच अन्तर्गत जापानविरुद्धको खेलको तेस्रो मिनेटमा सिज्नी कागावालाई फाउल गरेपछि रातो कार्ड पाएका थिए ।

त्यसअघि २०१४ विश्वकपमा उरुग्वेका म्याक्सी परेराले कोस्टारिकाविरुद्धको खेलमा संस्करणको पहिलो रातो कार्ड पाएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट