भरतपुर, ९ मंसिर ।
रिचर्लिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो ।
ब्राजिललाई जित दिलाउन रिचर्लिसनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको ६२ औं मिनेटमा लिचर्लिसनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
रिचर्लिसनले खेलको ७३ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए । जितसँगै समूह जी को ब्राजिलले ३ अंक जोडेको छ । यता सर्बियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।





