पश्चिम नवलपरासीमा विनोद चौधरीको शानदार जित

परासी, ९ मंसिर ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् । उद्योगपति चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गरे ।

चौधरीले २९ हजार ४ सय ९५ मतसहित शानदार जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरे ।

चौधरीलाई सत्ता गठबन्धन तथा त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । यो क्षेत्रबाट अघिल्लो चुनावमा त्रिपाठी नेकपा एमालेको चिन्हमा लडेर विजयी भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट