चितवन-२ मा रवि लामिछानेले भारी मतान्तरले जित्दै

भरतपुर, ८ मंसिर ।

चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुने भएका छन् । बिहीबार बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २ सय ४१ मत प्राप्त गरेका छन् ।

सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९ सय २९ मत छ । एमालेका कृष्णभक्त पोखरेलले १३ हजार ३ सय ८ मत ल्याएका छन् ।

चितवन-२ मा हालसम्म ७३ हजार ९ सय ४४ मतको गणना भएको छ । यहाँ आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको थियो । १० हजार ३ सय ७१ मतको गणना हुन बाँकी रहँदा लामिछाने आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा २८ हजार ३१२ मतले अगाडि छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट