गर्छु भनेका यी काम गरिछाड्छु : शशांक

कावासोती, ८ मंसिर । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डाक्टर शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएका छन् । विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच वर्षमा ठूला आयोजना पूरा गर्ने बताए । जिल्लामा राष्ट्रियस्तरको ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय खेलमैदान बनाई छाड्ने उनको दाबी छ । “चारपटक जनताले यही […]
एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका प्रभु साह रौतहट ३ बाट विजयी

रौतहट, ८ मंसिर । नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र रुपमा उठेका प्रभु साहले रौतहट ३ बाट जित निकालेका छन् । उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशलाई हराए । साहले ३२ हजार ४३७ मत पाए । उनका निकट्तम प्रतिद्धन्दी अोमप्रकाशले २५ हजार २०० मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ४५८ मत प्राप्त […]
चितवन-२ मा रवि लामिछानेले भारी मतान्तरले जित्दै

भरतपुर, ८ मंसिर । चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुने भएका छन् । बिहीबार बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २ सय ४१ मत प्राप्त गरेका छन् । सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९ सय २९ मत छ । […]