मोरक्को र क्रोएसियाले खेले गोलरहित बराबरी

भरतपुर, ७ मंसिर ।

फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र क्रोएसियाले अंक बाँडेका छन् । बुधबार भएको समूह एफु को खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् । खेलमा अघिल्लो संस्करणको उपविजेता क्रोएसिया हाबी भए पनि फिनिसिङमा भने चुकेको थियो ।

क्रोएसिया र मोरक्को दुवैले सात सात प्रहार पोस्टमा प्रहार गर्दा दुई-दुई प्रहार अनटार्गेट थिए । जारी विश्वकपको यो चौथो बराबरी हो।

यसअघि अमेरिका र वेल्स, डेनमार्क र ट्युनिसिया तथा मेक्सिको र पोल्यान्डले पनि बराबरी खेले । जसमा अमेरिका र वेल्सले एक-एक गोलको बराबरी खेल्दा बाँकी दुई खेल गोलरहित बराबरीमा सकिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट