जबर्जस्ती करणीपछि महिलाको हत्या

भरतपुर, ७ मंसिर ।
चितवन प्रहरीले जवरजस्ती करणी गरि महिलाको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरखा सिरानचोक गाउँपालिका–२ ठेगाना भई हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दीप गुरुङ र सोहि ठाउँ बस्ने विजय परियारलाई पक्राउ गरेको हो । मंसिर ४ गते भरतपुर महानगरपालिका वडा नम्बर २ दुुर्गा मन्दिर पछाडिको हाट बजारमा अन्दाजी ६० वर्षीया महिलालाई बलात्कार गरि हत्या गरेको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जवरजस्ती करणीपश्चात उनीहरुले महिलाको हत्या गरि शवलाई नजिकै रहेको ठुलो गुम्बाको कम्पाउण्ड क्षेत्र भित्र झाडीमा फालेको तथ्य फेला परेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनीहरुले ती महिलालाई बलात्कार गरेपछि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए । उक्त घटनापछि प्रहरीले स्थानीयसँग सोधपुछ सँगै सिसिटिभी फुटेजहरुको विश्लेषण गर्नेलगायतका अनुसन्धानबाट हत्याराको पहिचान गरेको थियो भने पक्राउपछि उनीहरुले करणीपश्चात हत्या गरेको समेत स्वीकार गरिसकेका प्रवक्ता पण्डितले बताए ।

यस्तै हत्या आरोपितले प्रयोग गरेको कण्डम र हत्या गर्न प्रयोग गरिएको ढुंगा समेत निजहरुले देखाएको स्थानबाट बरामद गरिएको छ । पक्राउ परेका ती दुई जना माथि प्रारम्भिक अनुसन्धान सकि जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट