जर्मनीमाथि जापानको सानदार जित

भरतपुर, ७ मंसिर ।
विश्वकप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जापानले उपाधि दावेदार जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यससँगै जापानले ३ अङ्क जोडेको छ ।

जापानका लागि रित्सु डोआन र ताकुमा एसानोले गोल गरे । जर्मनीका लागि काई हाभर्टेजले गोल गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा हाभर्टेजको गोलले जर्मनीले अग्रता लिएको थियो । खेलको ७५ औँ मिनेटमा रित्सुको गोलले खेल बराबरीमा गयो । खेलको ८३ औँ मिनेटमा ताकुमाको गोलले जापानले अग्रता लियो ।

आज नै भएको अर्को खेलमा क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको हो ।

खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट