भरतपुर, ७ मंसिर ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर बढाउँदै अग्रतालाई फराकिलो बनाएका छन् । ताजा मतपरिणाम अनुसार लामिछानेले १४ हाजर ८११ मत ल्याउँदा उनका प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४२ मत ल्याएका छन् ।
यस्तै गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ६ हजार ६०८ मत पाएका छन् । प्रमुख दल एमाले र काँग्रेसका उम्मेदवारले ल्याएको मत जोड्दा रास्वपाका लामिछाने एक हजार २६२ मतका साथ अगाडि छन् ।





