चितवन-२ मा रास्वपा ७ हजार बढी मतले अगाडि

भरतपुर, ७ कात्तिक ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निकै फराकिलो मतान्तरका साथ अग्रस्थानमा कायम रहेका छन् ।

पार्टीका केन्द्रीय सभापति समेत रहेका लामिछानेले १३ हजार ६ सय ४१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ मतका साथ दोस्रो स्थानमा छन् । सत्तारुढ गठबनधनबाट साझा उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९ सय ३५ मत ल्याएका छन् । एमालेका उम्मेदवार पोखरेलले पाएको मतभन्दा लामिछानेले दोब्बर बढी मत प्राप्त गरेका हुन् ।

उता चितवन क्षेत्र नं १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि छन् । ढकालले १४ हजार २ सय ९९ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनबाट कांग्रेसका विश्वनाथ पौडेलको १० हजार ६ हजार २९ मत रहेको छ । एमालेका सुरेन्द्र पाण्डेले भने १० हजार ३ सय ८४ मत ल्याएका छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट