मतान्तर फराकिलो बनाउँदै पाण्डे 

भरतपुर, ७ कात्तिक ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले फराकिलो मतले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालसँगको मतान्तर ३ हजार ९ सय ६० मा लगेका हुन् ।

पहिलो स्थानमा रहेका पाण्डेले १० हजार ६ सय ३२ मत प्राप्त गर्दा बरालले ६ हजार ६ सय ७२ मत ल्याएकी छिन् । यस्तै वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भोजराज अधिकारीले ६ हजार ५ सय ३ मत पाएका छन् । एमालेको समर्थनमा उम्मेदवार बनेका काँग्रेसका बागी दिनेश कोइरालाको मत ४ हजार ३ सय ११ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट