भरतपुर, ६ मंसिर ।
विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले अंक बाँडेका छन् ।
एड्युकेशन सिटी रंगशालामा मङ्गलबार भएको डेनमार्क र ट्युनिसियाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन् ।
यो यस विश्वकपको पहिलो गोलरहित बराबरी हो । दुवै टोलीले गोल हान्न निकै प्रयास गरेका थिए । दोस्रो हाफमा डेनमार्क बढि आक्रमक भएको थियो ।
५५ मिनेटमा डेनमार्कले लगातार तेस्रो आक्रमणमा बललाई पोस्ट चुमायो । तर सो गोललाई अफसाइड दिएको थियो । ६९ मिनेटमा डेनमार्कले अर्को अवसर गुमायो । कर्नर किकलाई गोलमा परिणत गर्न खोज्दा बल क्रसबारमा लागेको थियो ।
समूह डीमा डेनमार्क र ट्युनिसियासँगै अष्ट्रेलिया र फ्रान्स रहेका छन् । सोही समुहको अर्को खेलमा अष्ट्रेलिया र फ्रान्स राति पौने १ बजे भिड्दैछन् ।




