साउदी अरेवियासँग अर्जेन्टिना स्तब्ध

भरतपुर, ६ मंसिर ।
विश्वकप फूटबलको उपाधि दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै पराजित भएको छ ।

कतारमा अर्जेन्टिना एसियाली राष्ट्र साउदी अरेवियासँग २–१ गोल अन्तरले स्तब्ध भएको हो । सुरुवातमा अग्रता लिए पनि अर्जेन्टिनाले त्यसलाई बचाउन सकेन ।

दोस्रो हाफमा साउदीले उत्कृष्ट खेल देखायो । पहिलो हाफमा अर्जेन्टिनाका लागि लियोनल मेसीले १० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर ४८औं मिनेटमा सालेह अल सेरीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५३औं मिनेटमा सालेमले गोल गर्दै साउदी टिममा खुसियाली ल्याएका थिए ।

पहिलो खेलमै हार व्यहोरेपछि अर्जेन्टिना दबाबमा आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट