भरतपुर, ६ मंसिर ।
गायक एवम् लेखक निर्दोष जीवनले आफ्नो छोराको जन्मदिनको अवसर पारेर `प्रभु तिमीबिना´ बोलको गीत सार्वजनिक गरेका छन् ।
आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतलाई उनकै छोरा निशान गिरीले गाएका छन् । वि.सं. २०५९ साल मंसिर ६ गतेका दिन जन्मिएका निशान गिरीले यसअघि पनि `बेथलेहेम गाउँमा´ बोलको गीतमा आवाज भरेका छन् । त्यसैगरी विभिन्न गायन प्रतियोगितामा भाग लिने क्रममा निशान गिरी नेपाल आईडल सिजन ४ को टप ३० मा पुग्न सफल भएका थिए ।
पूर्वीनवलपरासीको गैंडाकोटमा स्थायी घर भएका निशानको प्रस्तुति संगीत क्षेत्रमा संभावनाका रूपमा देखिएको छ ।




