विश्वकपमा आज ४ खेल हुँदै

भरतपुर, ६ मंसिर ।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज मंगलबार चार खेल हुँदैछन् । समूह ‘सी’ अन्तर्गत अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सिको र पोल्यान्डबीच खेल हुने भएको छ ।

अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । त्यसैगरी, मेक्सिको र पोल्यान्डबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ ।

यता समूह ‘डी’ अन्तर्गत डेनमार्क र ट्युनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच खेल हुने भएको छ ।

डेनमार्क र ट्युनिसियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे तथा फ्रान्स र अस्ट्रेलियाबीचको खेल अल जानोब स्टेडियममा राति पौने १ बजेबाट सुरु हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट