रहेनन् रेडियोकर्मी महावीर विश्वकर्मा

भरतपुर, ६ मंसिर ।
रेडियोकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । उनी सवार माइक्रोबस मंगलबार बिहान ट्रकमा ठोक्किएर घाइते भएका उनलाई उपचारका लागि भरतपुर ल्याउनेक्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।

हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस राप्ती नगरपालिका-६ हर्दीचोकमा ना२ख ८५२२ नम्बरको बिग्रेर रोकिएको भुस बोकेको ट्रकको पछाडि मंगलबार बिहान ५:३० बजे ठोक्किएको हो ।

माइक्रोबसमा सवार अन्य ५ जना घाइते भएका र घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

रेडियोबाट प्रशारण हुने चर्चित कार्यक्रम `वहकिने मन´का प्रस्तोता वर्ष ३५ का उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य पनि हुन् । पछिल्लो समय दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट