भरतपुर, २७ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालीमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप आइतबार अपरान्ह तोडफोड भएको हो ।
रवि लामिछाने आज इच्छाकामनाका विभिन्न वडामा घरदैलोमा थिए । मादक पदार्थ सेवन गरेका गठबन्धनका कार्यकर्ताले आफ्नो गाडी तोडफोड गरेको लामिछानेले बताएका छन् । चुनावी प्रचारका क्रममा दुबै टोली आमनेसामने भएपछि विवाद भएको र गठबन्धनका कार्यकर्ता रविको गाडीमा चढेर लात्ताले सिसामा हानेर फुटाएका छन् । गाडीमा सामान्य क्षति पुगेको छ ।





