म सन्तुष्ट छैन, के तपाईं हुनुहुन्छ ?

पार्टीको सिद्धान्त हुन्छ, विचार हुन्छ । तिनै सिद्धान्त र विचारले देश विकास गर्ने लक्ष्य प्राप्त गर्छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, खुल्ला अर्थतन्त्र, हिन्दुराष्ट्र, गरिबी उन्मुलन काँग्रेसको सिद्धान्त थियो । बीपीले काँग्रेसको चुनाव चिह्न रूख किन राखे ? किनकि रूखबाट अक्सिजन पैदा हुन्छ । अक्सिजनबिना मानिस बाँच्न सक्दैन । अनि रूख जहाँ हुन्छ, त्यहीँ धेरै […]

अब पाँच दिन मात्रै चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं, २७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत […]

म त्यतिबेला झन्डै मरेको !

बन्दीपुरको डाँडामा खोला वा नदी छैन । त्यतिबेलादेखि नै पानीको समस्या थियो त्यहाँ । खानेपानी लिन तलतिर झन्डै एक किलोमिटर जति हिँडेर कुवा वा ढुङ्गेधारामा जानुपर्ने थियो । त्यस्तोमा नुहाउन पनि निकै समय कुर्नुपर्थ्यो । यस्तोमा पौडी खेल्न जान्नु परको कुरा थियो । केही केटाहरु बेसी झरेर मर्स्याङ्दीमा पौडी खेल्थे । पौडिन नजान्दा कतिले अकालमा […]

इंग्ल्याण्डले जित्यो टि-ट्वान्टी विश्वकपको उपाधि

मेलबर्न, २७ कात्तिक । इंग्ल्याण्डले आठौँ संस्करणको आइसीसी टि-ट्वान्टी क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार अष्ट्रेलियाको मेलबर्नमा खेलिएको फाइनलमा उसले पाकिस्तानलाई पाँच विकेटले हराएको हो । उसले दोस्रो पटक टि-ट्वान्टी विश्वकप चुम्दै सर्वाधिक विश्वकप जित्ने टोलीको मामलामा वेष्ट इन्डिजसँग बराबरी पनि गरेको छ । फाइनलमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य उसले खेल सकिन ६ […]

गठबन्धनका कार्यकर्ताद्वारा रवि लामिछानेको गाडी ताेडफाेड

भरतपुर, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालीमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप आइतबार अपरान्ह तोडफोड भएको हो । रवि लामिछाने आज इच्छाकामनाका विभिन्न वडामा घरदैलोमा थिए । मादक पदार्थ सेवन गरेका गठबन्धनका कार्यकर्ताले आफ्नो गाडी तोडफोड गरेको लामिछानेले बताएका छन् […]

भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु

चितवन,२७ कात्तिक। भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणका लागि अहिले जग खन्ने काम युद्धस्तरमा अघि बढेको छ । भवन निर्माणको काम शर्मा–सगरमाथा–सगुन जेभीले अघि बढाएको छ । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण […]

मंसिर ४ पछि झुपडीबाट परिवर्तन सुरु हुन्छ : पाण्डे

भरतपुर, २७ कात्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मंसिर ४ पछि गरिबको झुपडीबाट परिवर्तन सुरू हुने बताएका छन् । नियमित चुनावी घरदैलो अभियानका क्रममा भरतपुर–९ शरदपुरस्थिच झेर्नी मगर समूहले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले यसपटकको निर्वाचनपछि विपन्न र गरिब तथा सुकुमबासीको झुपडीबाट विकासको लहर बाहिर आउने बताएका हुन् । यसअघिका धेरै निर्वाचनमा […]

प्रचण्डले छाडेको चितवन–३ मा यस्तो छ प्रतिस्पर्धा

भरतपुर,२७ कात्तिक । चितवनको क्षेत्र नम्बर ३ निर्वाचनको सुरुवाती चरणबाटै चर्चामा रह्यो। यही निर्वाचन क्षेत्रबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेर गएका थिए। आसन्न मंसिर ४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट उठ्ने व्यापक चर्चाका बीच उनी छाडेर गोरखा हानिए। आफू छाडेर गएपछि गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको यो क्षेत्रमा प्रचण्डले […]

टि-ट्वान्टी विश्वकप फाइनल : टस जितेर इंग्ल्याण्ड पहिले फिल्डिङ गर्दै

भरतपुर, २७ कात्तिक । सन् २०२२ को आइसीसी टि-ट्वान्टी विश्वकपको फाइनल आज पकिस्तान र इंग्ल्याण्डबीच खेलिँदै छ । मेलबर्न क्रिकेट मैदानमा केही बेरअघि टस जित्दै इंग्ल्याण्डले फिल्डिङ गर्ने निर्णय लिएको छ । खेलमा इंग्लिस टोलीको कप्तानी जस बटलरले गर्नेछन् भने पाकिस्तान बाबर आजमको कमानीमा उत्रने छ । इंग्ल्यान्ड सन् २०१९ को एकदिवसीय विश्वकपको पनि विजेता […]

एमालेप्रति सुकुम्बासीहरुको आशा र भरोसा: बिष्ट

माडी,२७ कात्तिक । चितवन क्षेत्र ३ प्रदेश ‘ख’ की उम्मेदवार सरस्वती बिष्ट योजनाहरुसहित आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा पुग्दा मतदाताहरु खुशी र उत्साहित भएका छन् । आफ्नो प्रतिबद्धता पत्रसहित शनिवार माडीका सुकुम्बासी बस्तीहरुमा पुगेकी उम्मेदवार सरस्वती बिष्टसँग मतदाताहरुले भने ‘एमाले सरकारको पालामा नै माडीका सुकुम्वासीहरुलाई व्यवस्थित गर्ने काम अगाडि बढेको हो । एमालेप्रति नै हाम्रो […]

भोलि एमालेको आमसभा,अध्यक्ष ओलीले सम्बोधन गर्ने 

चितवन,२७ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउने भएका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा जिल्लाभरबाट […]

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न: डा. कोइराला

कावासोती, २७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताउनुभएको छ । चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न […]

अपाङ्गता भएका मतदाता भन्छन्ः ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु’

दमौली, २७ कात्तिक । तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहुन्छ । निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई […]

नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम, २७ कात्तिक । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न […]