नवलपुरवासीले अब सक्षम नेतृत्व रोज्नुपर्छ : जिसी

देवचुली, १७ कात्तिक ।
नवलपरासी (बसुपूर्व) क्षेत्र नम्बर १ प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार चित्र ध्वज जिसीले नवलपुर क्षेत्रले सक्षम नेतृत्व पाउन नसकेको गुनासो गरेका छन् । नवलपुर क्षेत्र नम्बर १ मा विभिन्न समयमा विभिन्न किसिमको परिवर्तन भएपनि यस ठाउँको मागअनुसार सक्षम युवा नेतृत्व नपाउँदा अहिलेसम्म पनि पछि परेको बताए । प्रचारप्रसार अभियानको पहिलो दिन घरदैलो अभियानमा व्यस्त रहेका जिसीले पत्रकार सम्मेलन गर्दै नवलपुरवासीले अब स्थानीय र युवा नेतृत्वलाई छनोट गर्नुपर्ने बताए ।

देवचुलीको पिप्रहरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । प्रचारप्रसारका क्रममा स्थानीयले आफूलाई विश्वास गर्दै दिएको प्रतिक्रियाबाट आफ्नो जित पनि सुनिश्चित रहेको दावी गरे । `पुस्ता हस्तान्तरण र भ्रस्टाचारविरुद्धको अभियानका लागि आम नागरिकले अब स्वतन्त्र उम्मेदवारलाई भोट दिएर विजयी गराउने बेला आएको छ´, जिसीले भने- ` जथाभावी आश्वासन बाँडेर चुनावपछि हराउने नेतालाई अब भोट दिनुहुन्न । बोलेर भन्दा पनि विकास गरेर देखाउने व्यक्तिलाई छनोट गर्नुपर्छ ।´ जिसीले आफू जनताको सेवा गर्ने अभियानका साथ चुनावी मैदानमा आएको पनि बताए । `स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक तथा पूर्वाधार विकास साथै युवा व्यवस्थापन र रोजगारमा विशेष ध्यान दिनेछु´, जिसीले भने -` म निर्वाचित भएपछि नवलपुर जिल्लालाई सबै किसिमले सक्षम जिल्ला बनाउने छु ।´

जेसीजको लोकोक्ति जस्तै `एक व्यक्ति, एक पद, एक कार्यकाल´ मात्रै आफू उम्मेदवार बन्ने बताउँदै उनले अर्को निर्वाचनमा अर्को नयाँ युवालाई जिम्मेवारी हस्तान्तरण गर्ने पनि बताए । कसैको प्रलोभनमा आफ्नो उम्मेदवारी निष्क्रिय नबनाउने उनको प्रष्टोक्ती थियो ।

जिसीले पत्रकार सम्मेलनमार्फत आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेका छन् । उनले घोषणापत्रमा पाँच ’ज’ (जनशक्ति, जलस्रोत, जडिबुटी, जमिन र जंगल)लाई प्राथमिकतामा राखेका छन् । यसको कार्यान्वयनको जिम्मा स्थानीय सरकारलाई दिई आफू त्यहि अनुसार अगाडि बढ्ने जिसीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट