बैंकको चर्को ब्याजदर विरुद्ध चितवनका व्यवसायी चरणवद्ध आन्दोलनमा

भरतपुर,१७ कात्तिक।

बैंक तथा वित्तिय संस्थाद्धारा चर्को व्याजदर बृद्धि गरिएको भन्दै चितवनका व्यवसायीहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । चर्को ब्याजदरविरुद्ध रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ चितवन र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीहरुको बिहीबार बसेको एक वैठकले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

वैठकले यहि मंसीर २० गते बैंकर्स संग छलफल गर्ने, २१ गते संयुक्त पत्रकार सम्मेलन गर्ने, २२ र २३ गते रत्ननर, खैरहनी र राप्तीमा शान्तिपूर्ण विरोध ¥याली आयोजना गर्ने, र २४ गते भरतपुरमा वृहत शान्तिपूर्ण विरोध ¥यालीको आयोजना गर्ने निर्णय गरेको संघले जनाएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा बर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदरका कारण व्यवसायीक समुदाय थला परेकोले आन्दोलन गर्न बाध्य भएको बताए । चर्को ब्याजदर विरुद्ध समयसमयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायमा ध्यानाकर्षण गरिएपनि माग सम्बोधन नभएकोले आन्दोलनका कार्यक्रम तय गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । ‘मुलुकको कुल ग्राहस्थ उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउंदै आएको निजीक्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार , नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेकोले आन्दोलनका कार्यक्रमहरु गर्न लागिएकोे हो।’ उनले भने ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउंदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई अवैज्ञानिक रुपमा बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसायनै बन्द गरि विस्थापित हुनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना भएको उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले बताए । वैठकले नेपाल उद्योग वाणिज्य महासंघलाई पनि विरोधका कार्यक्रम आयोजना गर्न दवाव दिने निर्णय गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

संयुक्त वैठकमा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली, रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शंकरी गिरि, खैरहनी उवासंघका अध्यक्ष दिपेन श्रेष्ठ, राप्ती उवासंघका वरिष्ठ उपाध्यक्ष मार्कन्ड गौतम लगायतका नेतृत्व तहका व्यवसायीहरुको उपस्थिति रहेको थियो । माग सम्बोधन नभएमा सशक्त आन्दोलन गर्ने व्यवासयीले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट