हिमालय एयरलाइन्सको भैरहवाबाट मलेसिया उडान सुरु

भरतपुर, १७ कात्तिक ।
हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान सुरु गरेको छ । काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरूलाई भैरहवाबाट उडाएको हो । एयरलाइन्सले यात्रुहरूलाई चारवटा गाडीमार्फत भैरहवा ल्याएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट