नारायणी तटबन्ध आयोजना अघि बढ्छ : डा. भाेजराज

भरतपुर, १३ कात्तिक ।
आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनसँगै जनता भेटघाटमा उम्मेदवारहरू केन्द्रीत भएका छन् ।यसै सन्दर्भमा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. भाेजराज अधिकारी र प्रदेश ३ (१) का उमेदवार डा. सूर्यकान्त घिमिरे मेघाैलीका जनताको घरदैलोमा पुगेका हुन् । त्यस अवधिमा भरतपुर २७ र २८ का जनसमुदायले यहाँको समस्याका बारेमा उम्मेदवारलाई जनाएका थिए ।

भरतपुर २८ का थारू समुदायसँगकाे कुराकानीमा नारायणी र राप्ती नदिकाे प्रभाव, जंगली जनावरको आतंक नियन्त्रण, जीतपुर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ केन्द्रकाे थप विस्तार, थारू कल्चर भवन पुनर्निर्माणमा जाेड दिएका थिएँ ।

स्थानीय शनिचर महत्ताेले थारू जनताको अहिलेकाे समस्या सम्बाेधन गर्न आग्रह गरे । यहाँको ढल व्यवस्थापनदेखि जनताको आयआर्जनका लागि याेजना बनाउन उनलेे सुझाव दिए । यस्तै भरतपुर २८ का हरि न्याैपानेले सदरमुकाम क्षेत्रबाट टाढा नबनाउन अनुरोध गरे । उनलेे गाेलाघाट पुल निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । जनताको माग सम्बाेधनका लागि आफू प्रतिबद्व रहेको डा. भाेजराज अधिकारीले बताए ।

शिवघाट, गाँजीपुर सिसै, भगडी, बलुवा, पिपरा, दद्रेनी, सिसाबासहुँदै गाेलाघाटसम्म तटबन्ध आयाेजनाले यहाँका जनता लाभान्वित हुने डा. भाेजराजले बताए । गठबन्धनकै जाेडबलमा आयाेजना आएकाले कार्यान्वयन गर्ने जिम्मेवारी आफूले लिने उनलेे बताए ।

थारू समुदायमा हुने सिकल सेल एनिमियाकाे प्रकाेप नियन्त्रणमा पहल लिने डा. अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै जनतासँग भेटघाटमा गठबन्धनका क्षेत्र ३ (१) उमेदवार डा. सूर्यकान्त घिमिरेले कृषिकाे विकासका लागि बैज्ञानिकिकरण र यान्त्रिकरण गर्न नीति निर्माण गर्ने बताए ।

केही कानुनी अप्ठ्यारोलाई हटाउने र जंगली जनावरको आतंक नियन्त्रणका लागि सहयोग गर्ने बताएका छन् । यहाँको क्षेत्रलाई कृषि र पर्यटनकाे हव बनाईने उनको उद्घाेष छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट