मनकामना हिँडेको बस बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

कावासोती, १३ कात्तिक ।
मनकामना दर्शनका लागि हिँडेको बस पूर्वीनवलपरासीमा दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटनामा परेको हो । बस दुर्घटनामा २३ जना घाइते भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिका- १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस कालीगण्डकी करिडोर नजिक बुलिङटार गाउँपालिका- २ मथारमा आइतबार बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले जनाएको छ ।

प्रहरी चौकी बुलिङटारका अनुसार पाँच जनाको शव भेटिएको र अन्यको खोजी कार्य जारी रहेको जनाएको छ । धेरै जना घाइते अवस्थामा उद्दार गरिएकाले यथार्थ विवरण आउन समय लाग्ने प्रहरीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट