भरतपुर, ७ कात्तिक ।
स्रस्टा टीकाराम सुवेदीको `ज्ञानोपदेश´ कथासङ्ग्रह सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि डाक्टर कर्णबहादुर बानियाँसहितका स्रस्टाहरूले कृति विमोचन गरेका हुन् । कृति विमोचनपछि बोल्दै प्रमुख अतिथि बानियाँले कृतिमा लोक तथा पौराणिक कथाका मौलिक सिर्जना भएको बताए ।
स्रस्टा सुवेदीको यो कथासङ्ग्रहमा १३ वटा कथाहरू छन् । पुस्तकमा गाउँघर र शहरबजारका विषयलाई कथाका रूपमा प्रस्तुत गरेको कथाकार सुवेदीले बताए । कार्यक्रममा अक्षर समूहका अध्यक्ष रमेश प्रभात, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, शिक्षाविद् टीकाराम रेग्मी, शिव सस्मित, फणीन्द्रनाथ सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
सम्पूर्ण किताब नारायणगढले कार्यक्रम आयोजना गरेको हो । पुस्तकको प्रकाशकमा कलावती सुवेदी रहेकी छन् । पुस्तकको मूल्य २००/- रुपैयाँ छ ।




