मनाइयो लक्ष्मीपूजा

भरतपुर, ७ कात्तिक । हिन्दूधर्मावलम्बीहरूले तिहारको तेस्रो दिन अहिले साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरेका छन् । लक्ष्मीपूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा […]

गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन : प्रचण्ड

काठमाडौँ, ७ कात्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुईवटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् । संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेका बीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए […]

ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने

लन्डन, ७ कात्तिक । ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको अर्थमन्त्री समेत रहिसकेका सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । पेनी मोर्डाउन्टलाई एक सय जना समर्थकहरूको थ्रेसहोल्डको नजिक रहेको ठानिएको थियो । तर मोर्डाउन्टले अन्तिम समयमा प्रधानमन्त्री दौडबाट आफ्नो नाम फिर्ता लिएकी हुन् । प्रधानमन्त्री पदका अर्का प्रत्याशी भनिएका बोरिस जोनसन […]

एलाइभ हस्पिटलमा उच्चस्तरीय आकस्मिक कक्ष शुभारम्भ

भरतपुर, ७ कात्तिक चोटपटक तथा दुर्घटनाका घाइतेको ‘ट्रमा’ उपचारका लागि प्रख्यात भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले नयाँ विस्तारित आकस्मिक कक्षबाट सेवा शुभारम्भ गरेको छ । भरतपुर–१० मा रहेको अस्पतालले सुविधासम्पन्न आकस्मिक कक्षको शुभारम्भ लक्ष्मीपूजाको अवसर पारेर सोमबार गरेको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले रिबन काटेर कक्षको उद्घाटन गरे । सो […]

चितवनमा भारतीय माछा बिक्रीमा रोक

भरतपुर, ७ कात्तिक । चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए । मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका […]

गैंडाकोटमा शान्ति काव्य सुधा कार्यक्रम

गैंडाकोट, ७ कात्तिक । मानव अधिकार तथा शान्ति समाज नवलपुरले शान्ति काव्य सुधा कार्यक्रम गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा गैंडाकोटमा आयोजना गरिएको कार्यक्रममा चितवन तथा नवलपुरका साहित्यकारको उपस्थिति रहेको थियो । शान्ति समाज नवलपरासीका संस्थापक सभापति एवं वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहेको कार्यक्रममा विनोदीले महाकविको अनुसरण बिना नेपाली समाज […]

मोरङका कवि नवोदितलाई चितवनमा सम्मान

भरतपुर, ७ कात्तिक । चितवन साहित्य परिषद्ले `चिसाप लीलानर्मदा साहित्य पुरस्कार-२०७८´ बाट कवि मीनकुमार नवोदितलाई सम्मान गरेको छ । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सोमबार आयोजित कार्यक्रममा मोरङका स्रस्टा नवोदितको कवितासङ्ग्रह `समयको बयान´लाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राडा चुडामणि बन्धुले कवि नवोदितलाई दोसल्ला ओढाइ सम्मानपत्र र नगद उपलब्ध गराइ […]

सुवेदीको `ज्ञानोपदेश´ कथासङ्ग्रह सार्वजनिक

भरतपुर, ७ कात्तिक । स्रस्टा टीकाराम सुवेदीको `ज्ञानोपदेश´ कथासङ्ग्रह सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि डाक्टर कर्णबहादुर बानियाँसहितका स्रस्टाहरूले कृति विमोचन गरेका हुन् । कृति विमोचनपछि बोल्दै प्रमुख अतिथि बानियाँले कृतिमा लोक तथा पौराणिक कथाका मौलिक सिर्जना भएको बताए । स्रस्टा सुवेदीको यो कथासङ्ग्रहमा १३ वटा कथाहरू छन् । पुस्तकमा गाउँघर र शहरबजारका विषयलाई […]