मोरङका कवि नवोदितलाई चितवनमा सम्मान

भरतपुर, ७ कात्तिक ।
चितवन साहित्य परिषद्ले `चिसाप लीलानर्मदा साहित्य पुरस्कार-२०७८´ बाट कवि मीनकुमार नवोदितलाई सम्मान गरेको छ । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सोमबार आयोजित कार्यक्रममा मोरङका स्रस्टा नवोदितको कवितासङ्ग्रह `समयको बयान´लाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राडा चुडामणि बन्धुले कवि नवोदितलाई दोसल्ला ओढाइ सम्मानपत्र र नगद उपलब्ध गराइ सम्मान गरेका हुन् ।

पुरस्कारको स्थापना सरस्वती रिजाल र स्व.उपेन्द्र रिजालले आफ्ना दिवङ्गत मातापिताको नाममा स्थापना गरेका हुन् । पुरस्कारको राशि १५,०४५ रुपैयाँ रहेको छ ।

चितवन साहित्य परिषद्ले २०७३ सालबाट निरन्तररूपमा प्रदान गर्दै आएको उक्त पुरस्कार यसअघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदनको भनौँ कि नभनौँ (निबन्धसङ्ग्रह), विश्वनाथ अधिकारीको `टिम्बुरको झोल´(कथासङ्ग्रह), विमल वैद्यको `अक्षर सिम्फोनी´ ( कवितासङ्ग्रह) र ललित विष्टको मोहपथ (कथासङ्ग्रह) लाई अर्पण गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत कृति र स्रस्टाका बारेमा सुरेन्द्र अस्तफलले बोलेका थिए । सम्मानित स्रस्टा नवोदितले कार्यक्रममा कविता वाचन पनि गरेका थिए । पुरस्कार अर्पण कार्यक्रममा कवि गोविन्दराज विनोदी, पुरस्कारका संस्थापक लक्ष्मण तिमिल्सिना, उदय अधिकारी, जगन्नाथ पण्डित, नवराज ढुंगाना, शान्ति शर्मा, सरला जोशीलगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट