३७६ जनाले लिए उम्मेदवारी फिर्ता

pratinidhi sabha pradesh sabha nirbachan 2079

काठमाडौँ, २६ असोज ।

मंसिर ४ गते हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूमध्ये ३७६ जनाले बुधबार (आज) आफ्नो उम्मेदवारी र्फिता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूमध्ये ११९ जना प्रतिनिधिसभातर्फका हुन् भने अन्य २५७ जना प्रदेशसभा तर्फका हुन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको थियो । आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न समेत प्रदान गरेको छ । आयोगले उम्मेदवारहरूको मनोनयनपत्र दर्ताका लागि असोज २३ गतेको दिन तोकेको थियो ।

उम्मेदवारी र्फिता लिइएपछि प्रतिनिधिसभातर्फ कायम भएको उम्मेदवारको संख्या २ हजार ४१२ रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, प्रदेशसभातर्फ कूल ३ हजार २२४ जना उम्मेदवार कायम रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट