३७६ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ, २६ असोज । मंसिर ४ गते हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूमध्ये ३७६ जनाले बुधबार (आज) आफ्नो उम्मेदवारी र्फिता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूमध्ये ११९ जना प्रतिनिधिसभातर्फका हुन् भने अन्य २५७ जना प्रदेशसभा तर्फका हुन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको थियो । आयोगले आजै उम्मेदवारहरूको अन्तिम […]
कांग्रेसका ५ जना नेतामाथिको कारबाही फुकुवा

भरतपुर, २६ असोज । स्थानीय निर्वाचनमा पार्टीले गरेको गठबन्धनको विरुद्धमा लागेको भन्दै नेपाली कांग्रेसको कारवाहीमा परेका पाँच जनाको कारवाही फुकुवा भएको छ । उनीहरुको सक्रियताको आधारमा केन्द्रको परिपत्र अनुसार जिल्लाका पाँच नेताको कारवाही फुकुवा गरिएको हो । राष्ट्रिय सभाका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भु अर्याल, पूर्व जिल्ला सचिव आनन्द […]
सहकारी उत्पादन र व्यवसायीमुखी हुनुपर्ने

भरतपुर, २६ असोज । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारी बिनाको विकास सम्भव नभएको बताएका छन् । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी एक खम्बाको रुपमा स्थापित भएको बताउँदै उपप्रमुख अधिकारीले सहकारी उत्पादन र व्यवसायीमुखी हुनुपर्नेमा जोड दिए । अथर्व बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा भरतपुर २१ मा रहेको राम्रो सेवा केन्द्रका […]
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी

बागमती, २६ असोज । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको […]
चितवन क्षेत्र नम्बर १ मा बागी उम्मेद्वार बुर्लाकोटीले लिएनन् उम्मेद्वारी फिर्ता

भरपुर,२५ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनमा चितवनका क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेद्वार डा. विश्व पौडेलविरुद्ध बागी उम्मेद्वारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेद्वारी फिर्ता लिन अस्विकार गरेका छन् । निर्वाचन आयोगले आज उम्मेद्वारी फिर्ता लिने अन्तिम समयसीमा तोकेपनि बुर्लाकोटीले उम्मेद्वारी फिर्ता नलिने अडान लिएका हुन् । सत्तारुढ गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता […]
चितवन क्षेत्र नं ३ मा एमालेद्वारा उम्मेदवारी फिर्ता

भरतपुर, २५ असोज । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेको उम्मेद्वारी फिर्ता भएकाे छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको लागि तोकेको अन्तिम समयसीमाभित्र न्यौपानेको उम्मेद्वारी फिर्ता भएको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । एमाले पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारी फिर्ता लिइएको […]
हिउँमा पुरिएर ४५ खच्चड मरे

म्याग्दी, २६ असोज म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ ९आठ हजार एक सय ६७० मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले […]
इच्छाकामनामा तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुईजना घाइते

भरतपुर, २६ असोज । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ […]
भरतपुरमा निशुल्क डिजिटल मार्केटिङ सेमिनार हुने

भरतपुर, २६ असोज । भरतपुरमा कार्यालय रही देशैभर डिजिटल मार्केटिङ सेवा प्रदान गर्दै आएको एसडी टेक कम्पनीले साना तथा मझौला उद्यमीहरूका लागि निशुल्क डिजिटल मार्केटिङ सम्बन्धि सेमिनार गर्ने भएको छ । साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिङको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको एसडी टेक कम्पनीका प्रमुख कार्यकारी निर्देशक सौगात […]
‘वरिष्ठ’हरुको बहिर्गमन

युरोप र बेलायततिर ५० वर्ष नपुग्दै प्रधानमन्त्री बन्छन् । हामीकहाँ भने ६० वर्षमुनिको प्रधानमन्त्री भएको देख्न मुश्किल पर्छ । यस्तो परिपाटीको अन्त्य जरुरी छ । केही राजनीतिक दलका पहिलो पुस्ताका नेताहरुले यसपालि चुनाव नलड्ने भएका छन् । प्रमुख राजनीतिक दलमा प्रभावशाली भूमिका खेलेका ती नेताहरुमध्ये केहीले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण र केहीले स्वेच्छाले सक्रिय राजनीतिबाट […]
२०७९ असोज २६ गते बुधवारको कायाकैरन दैनिक(E-paper)
कालिका एफएम २१ वर्षमा प्रवेश

भरतपुर, २६ असोज । कालिका एफएम २१ वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गते स्थापना भएको कालिका एफएमले सफलतापूर्वक २० वर्ष पार गरेको छ । पूर्वमन्त्री, कालिका ग्रुपका अध्यक्ष एवम् कालिका एफएमका प्रवन्ध निर्देशक विक्रम पाण्डेले सम्पूर्ण श्रोता, विज्ञापनदाता, शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । कालिका सदैव नागरिककै पक्षमा गुञ्जिरहने बताउँदै उनले नागरिकप्रतिको […]