चितवन क्षेत्र नम्बर १ मा बागी उम्मेद्वार बुर्लाकोटीले लिएनन् उम्मेद्वारी फिर्ता

भरपुर,२५ असोज ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनमा चितवनका क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेद्वार डा. विश्व पौडेलविरुद्ध बागी उम्मेद्वारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेद्वारी फिर्ता लिन अस्विकार गरेका छन् । निर्वाचन आयोगले आज उम्मेद्वारी फिर्ता लिने अन्तिम समयसीमा तोकेपनि बुर्लाकोटीले उम्मेद्वारी फिर्ता नलिने अडान लिएका हुन् । सत्तारुढ गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गर्न मंगलबार विज्ञप्ती जारी गर्दै निर्देशन दिएको थियो । समयभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनी आएपनि आफूले त्यसलाई स्विकार गरेरै फिर्ता नलिने निर्णय गरेको उनले बताए । ‘माथिल्लो तहबाट उम्मेद्वारी फिर्ताको लागि आग्रह गरेपनि म धेरै पुरानो मान्छे  भन्दा जुनियर, पार्टीको सदस्यता नलिएका मान्छेलाई उठाउदा मेरो चित्त बुझेन मैले माथिको मान्छेलाई पनि त्यहीँ जवाफ दिएर फिर्ता नलिने निर्णय गरे । ’

आफू जनतामा भिजेको र मनमनमा बसेको नेता भएकाले आफूले जित्ने उनले दाबी गरे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डेसँग बुर्लाकोटी पराजितभएका थिए । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए। आगामी प्रतिनिधीसभा निर्वाचनमा नेकपा एकालेको तर्फबाट सुरेन्द्र पाण्डे सत्ता गठबन्धनबाट विश्व पौडेल सहित अन्य १९ जनाले उम्मेद्वारी दिएका छन् । ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट