सहकारी उत्पादन र व्यवसायीमुखी हुनुपर्ने

भरतपुर, २६ असोज ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारी बिनाको विकास सम्भव नभएको बताएका छन् । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी एक खम्बाको रुपमा स्थापित भएको बताउँदै उपप्रमुख अधिकारीले सहकारी उत्पादन र व्यवसायीमुखी हुनुपर्नेमा जोड दिए ।

अथर्व बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा भरतपुर २१ मा रहेको राम्रो सेवा केन्द्रका सदस्यहरुको इकाइ बैठकलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले यस्तो धारणा राखेका हुन् ।

भरतपुर महानगरको नीति सहकारीलाई उत्पादन र व्यवसायसँग जोड्नु रहेको प्रष्ट पार्दै उनले हरेक नागरिकलाई उत्पादनसँग जोड्ने गरि काम अगाडि बढिरहेको पनि बताए । सहकारीले दिगो आर्थिक विकासमा थप टेवा पुर्‍याएको पनि उनको तर्क छ ।

फरक प्रसंगमा उपप्रमुख अधिकारीले रोकिएको कित्ताकाटले आर्थिक क्षेत्रमा ठुलो नोक्सान समेत भएको जिकिर गरे । प्रत्येक वडाबाट जग्गा वर्गीकरणको मापदण्ड बनेर आइनसकेको हुँदा कित्ताकाटको समस्या झन् बिकराल बन्दै गएको प्रति उनको आक्रोश थियोे ।

कार्यक्रममा सेवा केन्द्र प्रमुख सञ्जु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन, संस्थाका सचिव सृजना बसौला देबकोटाले आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिबेदन, कोषाध्यक्ष गोविन्दराज खरेलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिबेदन तथा लेखा समितिका संयोजक ठाकुरप्रसाद लामिछानेले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सेवा केन्द्रका संयोजक हिरेन्द्र बराल, संस्थाका अध्यक्ष विजया भण्डारी लम्साल, शेयर सदस्य राजु सापकोटा, सेवा केन्द्रका पूर्वअध्यक्ष ऋषिकेश गिरीलगायतले मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट