चितवन क्षेत्र नं ३ मा एमालेद्वारा उम्मेदवारी फिर्ता

भरतपुर, २५ असोज ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेको उम्मेद्वारी फिर्ता भएकाे छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको लागि तोकेको अन्तिम समयसीमाभित्र न्यौपानेको उम्मेद्वारी फिर्ता भएको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए ।

एमाले पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारी फिर्ता लिइएको निर्वाचन अधिकृतको भनाइ छ । उता न्यौपानेले भने उम्मेदवारी फिर्ता भएकोबारे अनभिज्ञता जनाए । उनले भने, “मैले फिर्ता लिएको छैन । योबारे (पार्टी अध्यक्ष) केपी ओलीलाई नै थाहा होला ।”

मंगलबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कोइराला बालकोट पुगेको बताइएको छ ।

चितवनको क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट डा. भोजराज अधिकारीको उम्मेदवारी छ । त्यहाँ काँग्रेसकै दिनेश कोइरालाले समेत बागी उम्मेदवारी दिएका छन् । एमालेले न्यौपानेको उम्मेदवारी फिर्ता लिएर काँग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्न सक्ने सम्भावना रहेको एमालेको एक जिल्ला तहका नेताले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट