भरतपुरमा निशुल्क डिजिटल मार्केटिङ सेमिनार हुने

भरतपुर, २६ असोज ।
भरतपुरमा कार्यालय रही देशैभर डिजिटल मार्केटिङ सेवा प्रदान गर्दै आएको एसडी टेक कम्पनीले साना तथा मझौला उद्यमीहरूका लागि निशुल्क डिजिटल मार्केटिङ सम्बन्धि सेमिनार गर्ने भएको छ ।

साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिङको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको एसडी टेक कम्पनीका प्रमुख कार्यकारी निर्देशक सौगात देवकोटाले बताए ।

सेमिनारमा सहभागीलाई आफ्नो व्यवसाय प्रवर्द्धनका लागि सामाजिक संजालको प्रयोग, गूगल बिजनेस प्रोफाइल, बेसिक ग्राफिक डिजाइनिङ, व्यवसायमा वेबसाइटको प्रयोगलगायत डिजिटल मार्केटिङको प्रयोग बारेमा तालिम दिईने छ ।

एसडी टेक कम्पनीको सहायक कम्पनी अवसर एकेडेमीले आयोजना गर्ने उक्त सेमिनारमा एसडी टेक कम्पनी, नारायणी वेब टेक्नोलोजी र भी ग्रुप कम्पनीका प्रतिनिधिहरुले तालिम दिनेछन् ।

असोज ३१ गते बुधबार हुने उक्त सेमिनारमा सहभागी हुन यस फारममा आफ्नो विवरण राखी दर्ता गर्नुपर्ने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट