‘वरिष्ठ’हरुको बहिर्गमन

युरोप र बेलायततिर ५० वर्ष नपुग्दै प्रधानमन्त्री बन्छन् । हामीकहाँ भने ६० वर्षमुनिको प्रधानमन्त्री भएको देख्न मुश्किल पर्छ । यस्तो परिपाटीको अन्त्य जरुरी छ ।
केही राजनीतिक दलका पहिलो पुस्ताका नेताहरुले यसपालि चुनाव नलड्ने भएका छन् । प्रमुख राजनीतिक दलमा प्रभावशाली भूमिका खेलेका ती नेताहरुमध्ये केहीले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण र केहीले स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिने निर्णय गरे । उनीहरुको यो निर्णय स्वागतयोग्य छ ।

वृद्धभत्ता खाने उमेर हुन लागेका र भइसकेका ती नेताहरुले मैदान छाड्दा यसपालि तुलनात्मक रुपमा युवाहरुले अवसर पाएका छन् । युवाहरुलाई अवसर दिनु पनि पर्छ । युरोप र बेलायततिर ५० वर्ष नपुग्दै प्रधानमन्त्री बन्छन् । हामीकहाँ भने ६० वर्षमुनिको प्रधानमन्त्री भएको देख्न मुश्किल पर्छ । यस्तो परिपाटीको अन्त्य जरुरी छ ।

राजनीतिक परिवर्तन घोषणामा मात्र होइन, व्यवहारमा पनि हुनु पर्छ । त्यसका लागि राजनीतिमा पुस्तान्तरण अनिवार्य छ ।
यसपालिको आमनिर्वाचनमा उम्मेदवार नबनेर नेपाली कांग्रेसबाट केबी गुरुङ, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, सुनिलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवार धन्यवादको पात्र बनेका छन् । पुस्तान्तरणका लागि भूमिका खेल्ने नेकपा एमालेका नेताहरु डा. भीम रावल, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा, राधा ज्ञवाली, विन्दा पाण्डे, थममाया थापा, शिवमाया तुम्बाहाङ्फे, सीताकुमारी पौडेललाई पनि धन्यवाद छ । नेकपा माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, त्रिलोचन भट्ट, कुलप्रसाद केसीलगायतले उम्मेदवारी नदिएर राम्रै गरे ।

राजनीतिमा पुस्तान्तरणको मुद्दालाई बल दिने काममा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सबैभन्दा अगाडि रहे । उनले छोरी मानुषीलाई यसपटक निर्वाचनमा उम्मेदवार बनाए तर आफू बनेनन् । नयाँ शक्तिको उद्घोष गरेर घुमिफिरी पुरानै कोट लगाउन पुगेका भट्टराईले अब राजनीतिबाट सन्न्यास लिएकै राम्रो । भट्टराई मात्र होइन, ६० वर्ष उमेर कटेका सबै नेताले राजनीतिलाई बाइबाइ गर्न सक्नु पर्छ । ७६ वर्षमा र्‍याल काढ्दै निर्वाचनमा जानेहरुलाई कुरीकुरीबाहेक अरु के भन्ने खै ? जनताले यस्ता वयोवृद्धहरुलाई भोटबाटै ठेगान लगाउनु पर्छ । परिवर्तन सम्भव छ । यसको सुरुवात तपाइँको एक भोटले गर्नेछ । मतदानका बेला विचार पुर्‍याउनु पर्छ । अब युवालाई अघि लगाउनु पर्छ । अनिमात्र देशले मुहार फेर्छ कि ?

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट