अनलाईनबाट हुन सक्ने हिंसा न्यूनीकरणका लागि किशोरीकै अभियान

कावासोती, २५ असोज ।
अनलाईनबाट हुन सक्ने हिंसा र दुर्व्यवहार न्यूनीकरणका लागि कावासोतीका किशोरीले अभियान सुरु गरेका छन् । अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा बालिकाहरुले विद्यालय र समुदाय स्तरीय सचेतना अभियान सुरु गरेका हुन् ।

प्रत्येक वर्ष अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभरि नै विविध कार्यक्रम गरि मनाइने गरिएको छ । यसै सन्दर्भमा कावासोती नगरपालिका वार्ड नं ६ जनता माध्यमिक विद्यालय विष्णुनगरमा ” आवर टाइम इज नाउ – आवर राइट्स, आवर फ्युचर” नारा सहित अनलाइन सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम र अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अनलाइन सुरक्षा सम्बन्धि कार्यक्रम गर्नुको उदेश्यबारे जानकारी दिइन् ।

विद्यालय बाल क्लबका फोकल शिक्षक घनश्याम भुर्तेलले समयसान्दर्भिक कार्यक्रमले बालबालिकाहरुको प्रतिभाहरु प्रस्फुटन हुने र अन्य व्यवहारिक ज्ञानहरु पनि बढ्दै जाने भएकाले यस्ता कार्यक्रमहरु आयोजना गरेकोमा र सिकेको कुराहरु सिकाउँदै अगाडि बढेकोमा किशोरीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । शिक्षिका दीपिका सापकोटाले किशोरी र महिलाले आफ्नो हक अधिकारको लागि आवाज उठाउनु पर्ने, आफ्नो कर्तव्य र जिम्मेवारी पनि पूरा गर्नुपर्ने बताइन् । साइबर अपराधले गर्दा आफू मात्रै नभइ घरपरिवार र समाजमा पनि नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन सुरक्षामा सजग हुनु पर्ने सुझाव समेत सापकोटाले दिएकी थिइन् ।

शिक्षक कमलप्रसाद पराजुलीले कार्यक्रमको लागि शुभकामना दिँदै साइबर अपराधहरुले परिरहेको प्रभाव, सामाजिक संजालको प्रयोग गर्दा ध्यान नदिनाले भएका अपराध, हिंसाको बारेमा सचेत हुन आग्रह गर्दै यस्तो कार्यक्रम आयोजना गरेकोमा खुशी लागेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताएका थिए।

कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमका सवनम सुनार, युतिका तिवारी र मान्सु न्यौपानेले अनलाइन सुरक्षा सम्बन्धित विषयहरुमा सहजीकरण गरेका थिए ।

जनता माध्यमिक विद्यालय छात्रा बाल संजालका अध्यक्ष शिल्पा चापागाईं अध्यक्षता भएको कार्यक्रममा वडास्तरिय बाल संजालका अध्यक्ष मनिष न्यौपाने, बालक्लवका फोकल शिक्षक घनश्याम भुर्तेल, आधारभूत विद्यालय तहको इन्चार्ज कमलप्रसाद पराजुली, प्रावि तहको इन्चार्ज कुन्तामाया खोजवार, शिक्षिका गौमाया गुरुङ र दीपिका सापकोटा, विष्णुनगर युवा क्लबका सचिव कमल भुर्तेल, विद्यालय बालक्लवका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट