भरतपुर अस्पतालले फेर्‍यो ३० वर्ष पुरानो आकस्मिक कक्ष

भरतपुर, २५ असोज ।

३० वर्षदेखि साँघुरो र पुरानो आकस्मिक कक्ष सञ्चालन गर्दै आएको भरतपुर अस्पतालले ठाउँ फेरेको छ । आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अस्पतालले पुरानो भवनमा २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिरहेको थियो । त्यो साँघुरो थियो र सबै सेवा पनि थिएन । उक्त कक्ष २०४९ सालमा सुरु गरिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको उक्त कक्ष एक वर्ष अघिसम्म पनि जम्मा १२ बेड क्षमताको थियो । डा. पौडेल मेसु भएर आएपछि उक्त कक्षलाई २० बेड क्षमतासम्म पुर्‍याएका थिए ।

अस्पतालले गुरुयोजनाअनुसार आकस्मिक सेवाका लागि छुट्टै भवन नै बनाएको छ । त्यहाँबाट सेवासमेत सुरु गरिएको छ । “तत्काल २० बेड क्षमतामै सुरु गरिएको छ”, मेसु पौडेलले भने– “पछि ५० बेड पुर्‍याइने छ ।”

आधुनिक भनिएको यो कक्षमा आकस्मिक प्रयोगशाला हुने छ, एक्स–रे त्यहीँ गर्न मिल्छ, माइनर ओटी(लघु शल्यक्रिया कक्ष) पनि त्यहीँ हुने छ । “आकस्मिकरूपमा चाहिने अरू सेवा पनि हुनेछन्”, डा. पौडेलले भने ।

यो भवन केन्द्रीय बजेटबाट करिब ८ करोड खर्चेर तयार गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट