जनताले गठबन्धन मान्दैनन, जिताउन तालमेल गर्छन् : विक्रम पाण्डे

भरतपुर, २४ असोज ।
पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले चुनावमा गठबन्धनले असर नगर्ने दाबी गरेका छन् । चितवनका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दलहरुले गरेको गठबन्धनभन्दा विकास गर्ने नेता जिताउन जनताले तालमेल गर्ने बताए । “दलको गठबन्धन, तालमेलले केहि गर्दैन”, उनले भने, “ बरु जनता जनताबीच तालमेल हुन्छ, विकासवादी व्यक्तिलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।” गठबन्धनले सैद्धान्तिक राजनीतिलाई धरासायी बनाएको टिप्पणी गरे । पाण्डेले चितवन–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

२०७४ को चुनावमा भाषणमा जनता बहकाउमा लागेपनि यसपाली जनताले स्वतन्त्र भएर मतदान गर्ने बताए । “गठबन्धनमा जनताको चासो छैन, जनता स्वतन्त्र छन्”, उनले भने, “२०७४ मा बहकाउमा लाग्दा विकासहरु अवरुद्ध भए, अब जनता आँफैले तालमेल गरेर विकासवादी नेता जिताउँछन् ।” चितवन–३ छाडेर गोर्खा–२ मा प्रचण्ड गएको घटनालाई इंगित गर्दै उनले भने, “जनताकासँग गरेका प्रतिवद्धता पुरा नभएपछि ठाउँ छाडेर जानुको अर्को विकल्प के हुन्थ्यो ?” पूर्वमन्त्री पाण्डेले प्रचण्ड चितवन–३ कै उम्मेदवार बनेको भएपनि चुनाव जित्न कठिन नभएको तर्क गरे ।
“उहाँ बस्दा या जादा मलाई कुनै अप्ठ्यारो छैन”, उनले भने, “ठाउँ, थर परिर्वन गरेर कहि हिँड्ने छैन, जीवनकालसम्म यही ठाउँको सेवा गर्ने लक्ष्य छ ।” २०५६ देखि लगातार एउटै निर्वाचन क्षेत्रबाट ४ पटक चुनावमा उठिसकेकाले जनताका समस्याबारे जानकार रहेको बताए । “चितवन–३ मा मोडेल प्रोजेक्टहरु ल्याएर देशकै विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको छु”, उनले भने, “पार्टी ठुलो बनाउन, राजनीति गर्न आएको होइन, विकास कसरी गर्न देखाउन आएको हुँ ।”

माडीमा निर्माणाधिन पुलहरु आफू सांसद हुदानै टेण्डर भएको बताउँदै माडी रिंगरोड, रिउ कोरिडोर लगायतका योजनाहरु पुरा गर्न लाग्ने बताए । “विकास छिटो गर्नेको रेकर्ड २०७० साललेनै पुष्टी गरिसकेको छ”, उनले भने, “धेरैलाई जनताले परीक्षण गरिसके, अब मेरो विकल्प छैन ।” चुनावका बेला आश्वासन बाँडेर भाग्ने नेता नभएको जीकिर गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट