गायक कार्की, गायिका बन्दना र सञ्चारउद्यमी पौडेल सम्मानित

भरतपुर, २४ असोज । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले भरतपुरमा आइएसएमटी साँगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहेको थियो । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले साँगीतिक साँझमा चर्चित गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गरिएको बताए । कार्यक्रममा सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको थियो […]
मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

मुगु, २४ असोज । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लगातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा […]
२०७९ असोज २५ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
रुपन्देही-५ मा एमालेको आधिकारिक उम्मेदवार घिमिरे

भैरहवा, २४ असोज । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत […]
चुनावी मैदानबाट बाहिरिएका प्रभावशाली नेताहरु

काठमाडौं, असोज २४ । २०६२/०६३ सालको जनआन्दोलन र गणतन्त्र स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेताहरुले यसपाली चुनाव नलड्ने भएका छन् । प्रमुख राजनीतिक दलमा प्रभावशाली भूमिका खेलेका केही नेताहरु यसपटकको चुनावी मैदानमा हुने छैनन् । केहीले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण र केहीले स्वेच्छाले नै सक्रिय राजनीतिबाट बाहिरिने निर्णय गरेका छन् । […]
विश्व पौडेलविरुद्ध बागी उम्मेदवार बुर्लाकोटीको उजुरी

चितवन,२४ असोज । चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका डा। विश्व पौडेलविरुद्ध कांग्रेसकै बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका छन्। पौडेल अझै पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा बहाल रहेको भन्दै बुर्लाकोटीले पौडेलको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको सहायक निर्वाचन अधिकृत नवीनराज रुवालीले जानकारी […]
उम्मेदवारविरुद्ध उजुरी परे के हुन्छ ?

काठमाडौँ, २४ असोज । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेविरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि–१६ बमोजिम उजुरी दिन सकिनेछ । उम्मेदवारको योग्यताको सम्बन्धमा […]
जनताले गठबन्धन मान्दैनन, जिताउन तालमेल गर्छन् : विक्रम पाण्डे

भरतपुर, २४ असोज । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले चुनावमा गठबन्धनले असर नगर्ने दाबी गरेका छन् । चितवनका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दलहरुले गरेको गठबन्धनभन्दा विकास गर्ने नेता जिताउन जनताले तालमेल गर्ने बताए । “दलको गठबन्धन, तालमेलले केहि गर्दैन”, उनले भने, “ बरु जनता जनताबीच तालमेल हुन्छ, विकासवादी व्यक्तिलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास छ […]
राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण, स्वास्थ्यमा सुधार

काठमाडौँ, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा उपचाररत रहनुभएका उहाँमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उहाँले […]
मुगुमा पहिरोले तीनको मृत्यु, आठ बेपत्ता
मुगु, २४ असोज । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले […]
पूर्वी नवलपरासीमा ७६ जनाको उम्मेदवारी

कावासोती, २४ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन […]
निर्वाचन निष्पक्ष र भयरहित हुन्छ– मन्त्री कार्की

इनरुवा, २४ असोज । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताउनुभएको छ । उहाँले आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराउनुभएका उहाँले आज सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, […]
कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन
काठमाडौं, २४ असोज । कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्। आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म सम्पर्कविहीन छन् भने खोजी गर्न प्रहरी परिचालन गरिएको छ। स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरू कुकुरखोल्सीबाट सम्पर्कविहीन भएका थिए। सो क्षेत्रमा […]
२०७९ असोज २४ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

काठमाडौं, २४ असोज । नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद दिएको हो । सन्दीप २० असोजमा पक्राउ परे पनि सार्वजनिक बिदा भएका कारण आज मात्रै […]
दलहरुको गठजोड नेपाली जनता माथिको भद्दा मजाक

नेपालको आसन्न संसदीय निर्वाचनमा दलहरुको अभ्यास अत्यन्त लज्जास्पद, घिनलाग्दो र नेपाली जनता माथिको भद्दा मजाक हो भन्न सकिन्छ । नेपाली कांग्रेस र नेकपा माओवादीसहितको गठबन्धन अनि नेकपा एमाले र राप्रपाको केही ठाउँको गठबन्धन साथै मधेशवादी दललगायत अन्य दलको उक्त गठबन्धनहरुसँगको आश्रयलाई हेर्ने हो भने पनि यो कुरालाई पुष्टि गर्दछ । यो सम्पूर्ण रुपमा व्यापार हो […]
म प्रधानमन्त्रीको दौडमा छु : शशांक

कावासोती, २४ असोज । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नवलपुर १ बाट नेपाली कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक कोइरालाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छन् । आईतबार उम्मेदवारी दर्तापछि कोइरालाले आफूले तीनपटक चुनाव जितेको र यसपटक निर्वाचन जितेर आफू प्रधानमन्त्रीको दौडमा रहने बताए । नवलपुर १ बाटै प्रतिनिधिसभा सदस्यमा नेकपा […]
‘महापुरुष’को देशव्यापी ‘प्रमोसनल टुर’, नारायणगढमा २८ गते

भरतपुर, २४ असोज हाँस्यरसले भरिपूर्ण नेपाली कथानक चलचित्र ‘महापुरुष’ टोली देशदौडाहामा छ । यो टोलीले ‘प्रमोसनल टुर’ गर्दैछ । भोलि असोज २५ बाट सुरु हुने टुर देशका प्रमुख सात सहरमा गरिने छ । टुरको एउटा कार्यक्रम चितवनमा पनि छ । त्यो २८ गते शुक्रबार नारायणगढको नारायणी किनारमा गरिने छ । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको […]
सन्दीपलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं, २४ असोज । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ। चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन । दशैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो । सन्दीप विदेशमा रहेका बेला उनीमाथि […]
कोरोना बीमा दाबी भुक्तानी गर्न बीमा समितिलाई एक अर्ब

काठमाडौँ, २४ असोज । लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपियाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समितिले जनाएको छ । समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले रकम समितिको खातामा आएको बताउँदै प्राप्त रकम कसलाई र […]