सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

काठमाडौं, २४ असोज ।

नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद दिएको हो ।

सन्दीप २० असोजमा पक्राउ परे पनि सार्वजनिक बिदा भएका कारण आज मात्रै अनुसन्धानका लागि म्याद लिन जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

सन्दीप क्रिकेट खेलकै लागि विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते नगरकोट घुमाएर काठमाडौंको एक होटलमा राति बलात्कार गरेको बयान प्रहरीसामु ती नाबालिकाले दिएकी थिइन् ।

सन्दीप टिमसहित ६ भदौमा केन्या भ्रमणमा गएका थिए । केन्यासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलिसकेपछि सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज पुगेका थिए ।

सन्दीपले भने आफू निर्दोश रहेको दाबी गर्दै आएका छन् । आफू ठूलो षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको र यसको प्रभावको असर अकल्पनीय रहेको उनले बताएका छन् । उनले कानुनी प्रणालीमा निर्दोश साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा जोड दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट