कावासोती, २४ असोज ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नवलपुर १ बाट नेपाली कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक कोइरालाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छन् ।
आईतबार उम्मेदवारी दर्तापछि कोइरालाले आफूले तीनपटक चुनाव जितेको र यसपटक निर्वाचन जितेर आफू प्रधानमन्त्रीको दौडमा रहने बताए । नवलपुर १ बाटै प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।





