पूर्वी नवलपरासीमा ७६ जनाको उम्मेदवारी

pratinidhi sabha pradesh sabha nirbachan 2079

कावासोती, २४ असोज ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पाँच स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट डा शशांक कोइराला, नेकपा (एमाले)बाट कृष्णप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम, नेपाली कांग्रेस (वीपी)बाट मोहन आचार्य, जनता समाजवादी पार्टी नेपालबाट भुमबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमछिरी शेर्पा, हाम्रो नेपाली पार्टीबाट तुलसीराम भुसाल, नेपालका लागि नेपाली पार्टीबाट रुक्मागत चापागाईँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट टकबहादुर थापामगर, नागरिक उन्मुक्ति पार्टीबाट कमल महतोले उम्मेदवारी दर्ता गराएका छन् भने गैडाकोट–४ का एकनाथ पोखरेल, देवचुली–१६ का चित्रध्वज जिसी, कावासोती–८ का सूर्यप्रसाद सापकोटा, विन्दु भट्टराई र गैडाकोट–१२ का विष्णु भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, नेकपा एमालेका रवीन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापा, राष्ट्रिय जनमुक्ति पार्टीका बीना आले, नेपाली कांग्रेस (वीपी)का यमनाथ बस्ताकोटी, हाम्रो नेपाली पार्टीका बद्री काप्री, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार गुरुङ, जनता समाजवादी पार्टी नेपालका अनु बुढाथोकी रहनुभएको छ भने गैडाकोट–१ का राजेन्द्रप्रसाद उपाध्याय र सोही स्थानकै सरोज कँडेलले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नागरिक उन्मुक्ति पार्टीका खनसराम महतो, नेपालका लागि नेपाली पार्टीका खिमबहादुर सुनार, नेपाली कांग्रेस ९वीपी०का गणेशप्रसाद पोखरेल, जनता समाजवादी पार्टी नेपालका छविलाल मगर, मङ्गोल नेशनल अर्गनाइजेशनका टमबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनाथ उप्रेती, नेकपा एमालेका रोशनबहादुर गाहामगर, नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल र राष्ट्रिय जनमुक्ति पार्टीका शिवकुमार बुढा रहनुभएको छ भने कावासोती–२ का ईश्वरजङ्ग थापामगर, देवचुली–१३ का चोकनारायण काफ्ले र देवचुली–११ का ठाकुर चापागाईँले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ पाँच जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेल, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी, माओवादी केन्द्रका बालकृष्ण गैरे, कांग्रेसका विष्णुकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका सिंहबहादुर थापा, एमालेका तिलबहादुर महत क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका बुद्धिराम थनेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका विषुप्रसाद शर्मा, मङ्गोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर कुमालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने बालकृष्ण कुँवर जोगी, मुक्तिप्रसाद पाण्डेय, सागर पाठक, लालबहादुर मल्ल, रामप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नं २ को प्रदेशसभा (क) मा तीन स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा मौलिक जरोकिलो पार्टीबाट लक्ष्मीकान्त रिमाल, हाम्रो नेपाली पार्टीबाट यदुनाथ सिग्देल, माओवादी केन्द्रबाट सौगमकुमार सिरपाली विक, राष्ट्रिय जनमुक्ति पार्टीबाट थामबहादुर गाहा, एमालेबाट पदमा जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुनबहादुर आलेमगर, कांग्रेसबाट विष्णुप्रसाद लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट निकिता श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर डिसुवा मगर र नेपाली कांग्रेस ९वीपी०बाट हेमराज गुरौंले उम्मेदवारी दर्ता गराउनुभएको छ भने योग मल्ल, चेतनाथ पोख्रेल र प्रेमनारायण पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख)मा तीन स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मोहनसिंह थापा वकावल, नेपाली कांग्रेस (वीपी) बाट रामचन्द्र भण्डारी, एमालेबाट लक्ष्मणबहादुर पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट युवराज कुमाल, नेकपा ९एस० बाट डा गोपालप्रसाद खनाल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट लालबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने विनयीत्रिवेणीका रोशन केसी, मध्यविन्दुका दामोदर न्यौपाने र सुरेश कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट