कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन

काठमाडौं, २४ असोज ।

कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।

आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म सम्पर्कविहीन छन् भने खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरू कुकुरखोल्सीबाट सम्पर्कविहीन भएका थिए।

सो क्षेत्रमा पहिरो गएको र मलामीहरू पनि पहिरोमा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार मलामी गएकाहरू पहिरोसँगै तिला नदीमा आएको बाढीमा परेको हुन सक्ने अनुमान छ।

राँचुलीका करिब ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३१ वर्षका क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७९ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही, २३ वर्षीय प्रशान्त शाही सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट