काठमाडौँ, २२ असोज
माओवादी केन्द्रले काठमाडौँ–७ बा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रको चिह्न हँसियाहथौडाबाट चुनाव लड्ने सहमतिअनुसार नेपाल समाजवादी पार्टीका तर्फबाट मानुषी काठमाडौँ–७ को उम्मेदवार पक्का भएकी हुन् । उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई तथा पूर्वमन्त्री हिसिला यामीकी छोरी हुन् ।
डा. भट्टराई भने यसपालिको चुनावमा उम्मेदवार बन्ने छैनन् ।
माओवादी केन्द्र र नेसपार्टीले हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति गरेको थियो ।
भट्टराई पक्षका महिन्द्रराय यादवलाई माओवादीले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ ।नेसपामा रहेका मानुषी र महिन्द्रले टिकट पाएका निर्वाचन क्षेत्र सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रले लिने सहमति भएको थियो ।
मानुषीले आफूले टिकट लिइसकेको र उम्मेदवारी दर्ताको तयारीमा रहेको बताइन् । उनले यसअघि घरदैलो कार्यक्रमसहित चुनाव प्रचारप्रसार सुरु गरिसकेकी थिइन् ।





