उम्मेदवारको मनोनयन भोलि, अधिकांश क्षेत्रमा टिकटको टुंगो

भरतपुर, २२ असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार असोज २३ गते मनोनयन दर्ता हुँदै छ । देशभर प्रतिनिधिसभाका लागि १६५ र सातै प्रदेशका प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा एकैदिन उम्मेदवारको मनोनयन दर्ता हुने छ । दलहरूले शनिबार रातिसम्म अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएका छन् । आइतबार बिहान १० देखि […]

मानुषीलाई काठमाडौँ ७ मा टिकट

काठमाडौँ, २२ असोज माओवादी केन्द्रले काठमाडौँ–७ बा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रको चिह्न हँसियाहथौडाबाट चुनाव लड्ने सहमतिअनुसार नेपाल समाजवादी पार्टीका तर्फबाट मानुषी काठमाडौँ–७ को उम्मेदवार पक्का भएकी हुन् । उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई तथा पूर्वमन्त्री हिसिला यामीकी छोरी हुन् । डा. भट्टराई भने यसपालिको चुनावमा उम्मेदवार […]

चितवन–३ मा माओवादी उम्मेदवार डा. भोजराज अधिकारी

भरतपुर, २२ असोज चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले चिकित्सक डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । हाल भरतपुर अस्पतालका अध्यक्ष रहेका अधिकारीलाई मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएको हो । २०७४ को चुनावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको यस क्षेत्रमा आफूलाई टिकट दिने निर्णय पार्टीले गरेको […]

समाज रुपान्तरणमा ज्योति युवा क्लबको योगदान

भरतपुर, २२ असोज । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देश विकासमा युवाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । `युवाहरु देश विकासका मेरुदण्ड हुन्´, उपप्रमुख अधिकारीले भने- `परिआए युवाहरुले देशको बागडोर सम्हाल्न सक्नेछन् ।´ ज्योति युवा क्लब भरतपुर- ८गौरिगञ्जको २२औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपप्रमुख अधिकारीले युवावर्गहरु देशकै ज्योति भएको बताए । […]

डण्डीवियो खेलमा रमाए कालिकाकर्मी

भरतपुर, २२ असोज । डण्डीवियो खेल प्रबर्द्धनका लागि कालिका एफएमले अन्तरकर्मचारी डण्डीवियो प्रतियोगिता गरेको छ । लोप हुने अवस्थामा रहेको खेललाई संरक्षण गर्न कालिकाले गौरवमय २०औँ वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता गरेको हो । पुरुषतर्फ समाचार शाखाका राजेश पण्डित र महिलातर्फ कालिका एचडीका सविता गुरौ विजेता भएको खेल संयोजक श्याम विश्वकर्माले बताए । प्रतियोगितामा २४ जना […]

रास्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान उनलाई त्रिवि शिक्षण महाराजगञ्जमा भर्ना अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई तीन/चार दिनदेखि ज्वरो आइरहेको छ ।

एमाले–जसपाबीच तालमेल : जसपालाई प्रतिनिधि सभाका १७ सिट

काठमाडौं, २२ असोज । एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । सहमतिअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ […]

क्यान्सर पीडित बालिकालाई लायन्सको सहयोग

भरतपुर, २२ असोज । बिरगंज महानगरपालिका वडा नम्बर १५ कि क्यान्सर पीडित ७ वर्षीय बालिका सपना कुमारी बिनलाई भरतपुरमा रहेका ११ वटा लायन्स क्लबलेले संयुक्तरुपमा आर्थिक सहयोग गरेका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिगत ६ महिनादेखि उपचाररत सपनालाई लायन्स कलस्टर ५ रिजन २१ जोन ४२/४३ भित्रका लायन्स क्लब अफ नारायणगढ मोडेल, भरतपुर […]

सिट बाँडफाँडमा सहमति

काठमाडौँ, २२ असोज । लामो रस्साकस्सीपछि सत्तारूढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागबन्डालाई अन्तिम रूप दिएको छ । जनता समाजवादी पार्टीलाई दिन भनिएको क्षेत्रहरू खाली राख्दै चार दलले आ–आफ्नो क्षेत्रमा सहमति गरेका हुन् । गठबन्धनले १६५ सिटमध्ये १६१ सिटको भागबन्डा मिलाएको हो । तर, यो सूचीमा शनिबारसम्म तलमाथि हुन सक्ने छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको […]

टीकाको चौथो दिनः नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौं, २२ असोज । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान […]

यस बर्षको नोबेल शान्ति पुरस्कार बेलारूस, रूस र युक्रेनका मानव अधिकारवादीलाई

भरतपुर, २२ असोज । युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेको छ । ‘उनीहरूले युद्ध अपराध, मानव अधिकार उल्लङ्घन र […]