भरतपुर, २२ असोज
चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले चिकित्सक डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।
हाल भरतपुर अस्पतालका अध्यक्ष रहेका अधिकारीलाई मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएको हो ।
२०७४ को चुनावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको यस क्षेत्रमा आफूलाई टिकट दिने निर्णय पार्टीले गरेको डा. अधिकारीले कायाकैरनलाई बताए ।
यसै क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा गरिए पनि अन्तिम समयमा अध्यक्ष दाहाल गोरखा–२ सरेका छन् ।
सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ ।
पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि त्यहीँ विशेषज्ञ चिकित्सकका रुपमा कार्यरत थिए ।




