समाज रुपान्तरणमा ज्योति युवा क्लबको योगदान

भरतपुर, २२ असोज ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देश विकासमा युवाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । `युवाहरु देश विकासका मेरुदण्ड हुन्´, उपप्रमुख अधिकारीले भने- `परिआए युवाहरुले देशको बागडोर सम्हाल्न सक्नेछन् ।´

ज्योति युवा क्लब भरतपुर- ८गौरिगञ्जको २२औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपप्रमुख अधिकारीले युवावर्गहरु देशकै ज्योति भएको बताए । `युवाहरु बिना देशको विकास असम्भव छ´, अधिकारीले भने- `देश विकास गर्ने युवाहरु उत्पादन गर्ने काम ज्योति युवा क्लबले गरेको छ ।´

समाज रुपान्तरणमा युवाहरुको ठूलो भूमिका रहेको बताउँदै उनले पछिल्लो समय टोल, वडादेखि नगर, जिल्लासम्मको नेतृत्वमा युवाहरुकै अग्रसरता रहेको पनि प्रष्ट पारे । चितवनमा ज्योति युवा क्लबले युवाहरूलाई नेतृत्व दिएर अगाडि बढ्न प्रोत्साहन गरेको पनि अधिकारीले दावी गरे ।

विगतको कार्यकालमा वडा नम्बर- ८ लाई उत्कृष्ट वडा बनाउन आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अधिकारीले बताए । `वडा नम्बर ८ मेरा लागि हिजो पनि महत्त्वपूर्ण थियोे र आज पनि उत्तिकै महत्त्वपूर्ण छ´, अधिकारीले भने । उपप्रमुखले क्लबलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न महानगर तयार रहेको पनि प्रतिबद्धता जनाए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष तुलसीराम कँडेलले
आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन तथा
सचिव उपेन्द्र रिजालले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भरतपुर- ८ का वडाध्यक्ष जीवनाथ कँडेल, निवर्तमान वडाध्यक्ष दामोदर न्यौपाने, नेपाली कांग्रेस वडा- ८ का सभापति शोभाखर सापकोटा,
नेकपा माओवादी केन्द्रका हरिलाल कँडेल, नेकपा एमाले भरतपुर- ८ का अध्यक्ष तिलक दर्लामीमगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको युवा प्रतिभा पुरस्कार २०७९ बाट सामाजिक व्यक्तित्व भूमिराज तिवारीलाई सम्मान गरेको छ । संस्थाले समाजमा उच्च योगदान पुर्‍याउँदै आएका सामाजिक व्यक्तिलाई २०६९ सालदेखि युवा प्रतिभा पुरस्कारबाट सम्मान गर्दै आइरहेको छ ।

त्यस्तै कार्यक्रममा संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहयोग पुर्‍याएका विभिन्न व्यक्तिहरुलाई पनि प्रसंशापत्रसहित सम्मान गरेको छ ।

कार्यक्रम क्लबका अध्यक्ष बुद्धिसागर कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट