प्रचण्डले चितवन छाडेपछि रेनुलेे लेखिन्- ‘चितवनकाे लागि दुर्भाग्य’

भरतपुर, २१ असाेज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा चुनाव चितवन-३ बाट नलड्ने भएपछि उनकी छाेरी भरतपुर महानगरपालिका मेयर रेनु दाहाल निराश र आक्राेसित देखिएकी छिन् ।

साविककाे निर्वाचन क्षेत्र छाेडेर गाेरखा-२ बाट चुनाव लड्ने निर्णय पार्टीले गरेकाे खबर सार्वजनिक भएकै आसपास रेनुले फेसबुक स्टाटस लेख्दै यस्ताे आक्राेस पाेखेकी हुन् । उनले याे निर्णयकाे बारेमा केही लेखेकी त छैनन् । तर, प्रचण्डकाे निर्णयकै बारेमा टिप्पणी गरेकी हुन् भन्ने अनुमान गर्न कठिन छैन ।

उनले लेखेकी छन्- ‘दुखद: चितवनवासीका लागी दुर्भाग्य
स्तब्ध, भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत ईतिहासले पक्कै उजागार गर्नेछ।’

प्रचण्ड २०७४ काे निर्वाचनमा चितवन-३ मा निर्वाचित भएका थिए । यसपालि उही क्षेत्रबाट चुनाव लड्ने तयारी गरे पनि अन्तिम समयमा उनले गाेरखा-२ जाने निर्णय गरेका हुन् । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र व्यापक असन्तुष्टि बढेपछि असुरक्षित ठानेका प्रचण्ड अन्ततः गाेरखाबाटै सुरक्षित हुने ठानेर उता लागेका हुन् ।

चितवन-३ मा भरतपुर महानगरपालिकाका २१ वटा वडा पर्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट