प्रचण्डले चितवन छाडेपछि रेनुलेे लेखिन्- ‘चितवनकाे लागि दुर्भाग्य’

भरतपुर, २१ असाेज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा चुनाव चितवन-३ बाट नलड्ने भएपछि उनकी छाेरी भरतपुर महानगरपालिका मेयर रेनु दाहाल निराश र आक्राेसित देखिएकी छिन् । साविककाे निर्वाचन क्षेत्र छाेडेर गाेरखा-२ बाट चुनाव लड्ने निर्णय पार्टीले गरेकाे खबर सार्वजनिक भएकै आसपास रेनुले फेसबुक स्टाटस लेख्दै यस्ताे आक्राेस पाेखेकी हुन् । […]
प्रचण्ड गाेरखा-२ बाट चुनाव लड्ने

काठमाडौं, २१ असाेज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्र स्रोतले सेतोपाटी डट कमलाई बताएअनुसार प्रचण्डले गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय भएको हो। उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाट निर्वाचित भएका थिए । अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येक पटक क्षेत्र फेरेका छन्। […]
काँग्रेसले यस वर्ष चियापान नगर्ने

काठमाडौं, २१ असोज । नेपाली काँग्रेसले बडादशैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना […]
गठबन्धनभित्र सिट बाँडफाँट सहमतिनजिक

काठमाडौँ, २१ असोज । चुनावी तालमेलमा जुटेका सत्तारूढ गठबन्धन सिट बाँडफाँटको सहमतिनजिक पुगेको छ । निरन्तर छलफलमा रहेका गठबन्धन दलहरू सहमति नजिक पुगेका हुन् । सहमतिको अन्तिम खाका आजै सार्वजनिक हुनसक्ने नेताहरू बताउँछन् । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको काम अन्तिम चरणमा पुगेको बताए । सम्भवत: आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको उनको […]
पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’

भरतपुर, २१ असोज । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक […]