काठमाडौं, २१ असाेज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्।
माओवादी केन्द्र स्रोतले सेतोपाटी डट कमलाई बताएअनुसार प्रचण्डले गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय भएको हो।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाट निर्वाचित भएका थिए ।
अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येक पटक क्षेत्र फेरेका छन्।
काठमाडौं- १० बाट दोहोर्याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।
२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन् ।
(सेताेपाटीबाट साभार)





