प्रचण्डलाई चितवनबाटै चुनाव लड्न गठबन्धनको दबाव

भरतपुर, १८ असोज ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमै चुनाव लड्न सत्ता गठबन्धनले आग्रह गरेको छ । चितवनको पाँच दलीय सत्ता गठबन्धनले प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ मै उम्मेदवार बन्न आग्रह गरेको हो ।

असोज १८ गते बसेको गठबन्धनको बैठकले चितवन छोडेर अरु ठाउँमा प्रचण्डलाई उम्मेदवार नबन्न अनुरोध गरेको हो । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएको प्रति गम्भीर ध्यानर्षण भएको छ,’ गठबन्धनको निर्णयमा भनिएको छ । प्रचण्डलाई अभिभावकीय भूमिका निभाउन पनि आग्रह गरिएको छ। चुनावका बेला निर्वाचन क्षेत्र परिवर्तन गर्दा राम्रो नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने चर्चा छ । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उक्त क्षेत्रबाट चुनाव जितेका थिए । भट्टराईले सोमवार चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

प्रचण्डले चितवनमा केही दिनअघि मात्रै घरको उद्घाटन गरेर आफू चितवनकै बासिन्दा भएको सन्देश दिएका थिए । उनले आफू अब चितवनबाट अन्त गएर चुनाव नलडने पनि सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

यसअघि स्थानीय तह निर्वाचनमा प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई उम्मेदवार बनाइएपछि सत्ता गठबन्धनमा असन्तुष्टि पैदा भएको थियो । नेपाली कांग्रेसभित्र विवाद भएपछि बागी उम्मेदवारसमेत दाहालका बिरुद्ध उठाइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट